जेष्ठ ३१ काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानलगायतका विषयमा छलफल गर्न बसेको नेकपा एमाले स्थायी समितिको बैठक सकिएको छ । बैठकमा जनजाति तथा मधेसी नेताहरूले एक जातीय पहिचानका विषयमा पार्टीका धारणा पुनर्विचार गर्न आग्रह गर्दै हिजो प्रस्तुत गरेको लिखित अवधारणाका विषयमा छलफल भएको यो विषयलाई असार ४ र ५ गते बोलाएको राष्ट्रिय भेलाले टुंग्याउने निर्णय गरेको एक नेताले जानकारी दिए । शीर्ष नेतृत्वले आदिवासी जनजाति, मधेसी समुदायको माग बेवास्ता गरे पार्टीबाट अलग हुनेसम्मको चेतावनी असन्तुष्ट एमाले नेताहरूले दिइरहेका छन् ।